१६ असार २०८३, मंगलबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


शंकरापुरमा इन्पेक्टरले स्थानीयमाथि पेस्तोल ताकेपछि…



काठमाडौं, २३ पुस । काठमाडौं शंकरापुरमा स्थानीयमाथि प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले पेस्तोल ताकेका छन् । स्थानीयमाथि पेस्तोल ताकेसँगै छानबिन सुरू भएको छ। प्रहरी वृत्त बौद्धमा कार्यरत इन्स्पेक्टर विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
गत बुधबार पुस २० गते शंकरापुर नगरपालिका ३ लप्सीफेदी बोझेनीमा स्थानीयले विरोध प्रदर्शन गरेका थिए। नेपाल विद्युत प्राधिकरणले त्यहाँ सबस्टेशन निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध जनाएका थिए। त्‍यसक्रममा बौद्धबाट थप मद्दतको लागि इन्सपेक्टर बुढाथोकीको कमान्डमा टोली खटिएको थियो।

त्यसक्रममा बुढाथोकीले गैर व्यवसायिक काम गरेको भन्दै उनलाई परिसर झिकाएको हो। उनले भीड नियन्त्रण गर्न स्थानीयमाथि पेस्तोल ताकेर हान्दिने धम्की समेत दिएका थिए।

 

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ७ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।