९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


देविचौरमा सप्ताह महायज्ञ : ६० लाख चन्दाको प्रतिवद्धता




चापागाँउ
२५ पुस । ललितपुरको देविचौरमा यही शुक्रबारबाट सुरु भएको श्रीमद् भागवत सप्ताह महायज्ञमा ६० लाख रुपैयाँ दान दिने दानविरहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । गतशुक्रबार बाट सुरु सप्ताह महायज्ञमा आइतबारसम्म ३ लाख ३३ हजार प्राप्त भइसकेको छ ।
यज्ञ मुल समाोह समितीका अध्यक्ष गिरीप्रसाद तिमल्सिनाका अनुसार प्राविधिक शिक्षा सञ्चालनको सहयोगका लागि महायज्ञ सुरु गरिएको हो । विद्यालयमा प्राविधिकतर्फ कृषि शिक्षा सञ्चालनका लागि महायज्ञ सुरु गरिएको हो । महायज्ञको वाचक बालतपस्वी पण्डित श्री उत्तम भट्ट महाराज रहेका छन् ।

सप्ताह महायज्ञमा टाढा टाढाबाट भक्तजन पुगिरहेका छन् । सप्ताह महायज्ञमा उत्साहपर्ण सहभागीता रहेको मुल समारोह समितीले जानकारी दिएको छ । कथा बाचनको हिसावले आज तेश्रो दिन हो ।


अहिले पढाई भइरहेको विद्यालय साधुरो छ । छात्रावास जरुरी छैन । देविचौरमा रहेको यो विद्यालय रोपनी २ आना २ पैसा जग्गामा सञ्चालित छ । विद्यालय ३ वटा भवनमा २० वटा कक्षाकोठा तथा साँघुरो खेल मैदान छ । यहाँ देविचौरको देउराली बुरुञ्चुली घुसेललगायतका स्थानबाट वालवालिकाहरु पढ्न आउछन् ।
प्राविधिक शिक्षा सञ्चालन गर्नसके यस क्षेत्रमा रोजगारी बढ्ने भएकाले दक्षिण ललितपुरका विभिन्न स्थान, टिकाभैरव, लेले र चापागाँउलगायतका ठाँउबाट विद्याार्धी पढ्न आउने अध्यक्ष तिमल्सिना बताउछन् ।
ललितपुरको लगनखेलबाट करिब १८ किलोमिटर टाढा गोदावरी नगरपालिका ७ देवीचौरमा रहेको देवी माध्यमिक विद्यालयमा कक्षा १२ सम्म सञ्चालित छ । २०३४ सालमंसिर १५ गते स्थापना भएको यस विद्यालयको देवी मन्दिरको नामबाट देवीमाविको नामाकरण गरिएको पाइन्छ ।
महायज्ञबाट करिव एक करोड सहयोग संकलन हुने विद्यालयले अपेक्षा गरेको छ । महायज्ञ पुस ३० गते समापन हुनेछ ।

 

 

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ९ : १५ बजे