९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बागमती प्रदेशको मुख्यमन्त्रीमा जम्मकट्टेल नियुक्त



काठमाडौं २५ पुस ।  बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । जम्मकट्टेललाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले जम्मकट्टेललाई नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनी बागमतीको चौथो मुख्यमन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री नियुक्त भएका जम्मकट्टेलले प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।

जम्मकट्टेल धादिङ क्षेत्र नम्बर एकको दुईबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । जम्मकट्टेल यसअघिको कार्यकालमा आन्तरिक मामिला मन्त्री र अर्थमन्त्री बनेका थिए । जमरकट्टेल २०६४ मा धादिङबाट प्रतिनिधि सभा सदस्य समेत निर्वाचित भएका थिए ।

उनले ७० जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेका थिए । उनलाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका दुई सांसदको समर्थन छ ।

कुल एक सय १० सदस्यीय वागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसद चाहिन्छ । सत्तारूढ गठबन्धनका दलहरूले बागमतीको मुख्यमन्त्री माओवादी केन्द्र र एमालेबीच आलोपालो गर्ने सहमति भएको छ ।

 

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ४ : ४० बजे