२९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरीबाट ११ बर्षिया वालिका लिएर खत्री फरार




ललितपुर खबर, चापागाँउ
२७ पुस । ललितपुरको गोदावरी १४ ठैव बाट संरक्षणमा रहेकी एक वालिका लिएर यौन दुव्यावहारको आरोपी मधुकर खत्री परिवारसहित फरार भएका छन् ।
ललितपुरको गोदावरी १४ बाट सिन्धुली तीनपाटन १ घरभएकी सोम रम्तेल र मुना रम्तेलकी ११ बर्षिया छोरी बबिता रम्तेल लिएर गोदावरी ३ टौखेल बस्ने मधुकर खत्री र लक्ष्मी दाहाल फरार भएका हुन् ।
खत्रीमाथि एक १५ बर्षिय वालिकालाई यौन दुव्र्यावहारको आरोप लागेको  छ । उनी मावन बेचविखनमा संलग्न हुनसक्ने शंकामा  छ ।
गत कार्तिकदेखि परिवारको सम्पर्कमा नभएको आमा मुना रम्तेलले बताएकी छिन् । रम्तेल परिवारले खत्री परिवारलाई आफ्नो आर्थिक अवस्था कमजोर भएको भन्दै संरक्षणमा पाल्न दिएका थिए । मेरी छोरीलाई साथी छैन । म पाल्छु भन्दै एक बर्षअघि संरक्षणमा लिएको रम्तेलको भनाई छ ।
गोदावरी सरोकार केन्द्रकी अध्यक्ष बेबी राजभण्डारीले पिडित मुना रम्तेल र सविता विष्टले खोजतलासका लागि निवेदन दिएपछि महानगरिय प्रहरी बृत्त सातदोवाटोमा निवेदन दिएर खोजी गरिरहेको बताइन् ।
सातदोवाटो प्रहरीले खत्रीको दुई वटा मुद्दामा खोजी जारी रहेको बताएको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १० : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।