९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ७६ सवारी साधनका चालक कारबाहीमा ‍



काठमाडौं, २८ पुस । काठमाडौंको चावहिलमा बिहीबार गरिएको यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नराखी सवारी साधन चलाउने ३२ वटा सवारी साधनका चाकललाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । तालिम प्राप्त प्राविधिक सहितको टोलीद्वारा गरिएको चेकिङको क्रममा अवस्था ठिक नभएका ‍३२ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दलराम टमाटाको कमाण्डमा आज दिउँसो खटिएको ट्राफिक प्रहरीको टोलीले चाबहिल क्षेत्रमा १ सय ७ भन्दा बढी सवारी साधन चेकजाँच गरेको थियो ।
सवारी साधन मर्मत पश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले कारबाहीका क्रममा लिएका कागजपत्र फिर्ता दिइने छ ।

त्यसैगरी अनावश्यक रूपमा हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ७६ जना चालकलाई पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आजै ट्राफिक प्रहरीले कारबाही गरेको छ । साथै सवारी साधनमा प्रयोग गरिएका ६५ ओटा प्रेसर हर्नको सोली समेत निकालिएको छ । २०७४ वैशाख १ गते देखि काठमाडौँ उपत्यकामा हर्न निषेध गरिएको थियो ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ७ : ३६ बजे