१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चाँगुनारायण नगरमा बढ्यो बेरुजु




भक्तपुर
२८ पुस । विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै रु सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गरेका छन् ।
नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७४÷७५ देखि आव २०७७÷७८ सम्ममा ३३ शीर्षकमा रु छ करोड ८६ लाख ४२ हजार आठ सय ७३ रहेको छ । त्यसमा सबैभन्दा बढी बेरुजु आव २०७७÷७८ मा उपभोक्ता समितिमार्फत गरिएको कामको रहेको छ ।
उपभोक्ता समितिले नगरपालिकासँग सम्झौता गरेर रकम निकास गर्ने तर उपभोक्ता समिति आफूले काम नगरेर अर्को ठेकेदारलाई कामको जिम्मा दिएका विकासका कामको मात्रै रु एक करोड २८ लाख ८९ हजार आठ सय ६४ को बेरुजु रहेको नगरपालिकाको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
नगर प्रमुख खत्रीले भने, “विगत पाँच वर्षमा हचुवामा जसरी पायो त्यसरी रकम बाँडेको देखियो, लगेको रकमको काम गरेर फछर्यौट गरेको भए हुन्थ्यो, काम अधूरो बनाउने र कामै नगरेको पाइएकाले त्यस्तो रकम इमान्दारिताका साथ फिर्ता गर्न आह्वान गर्दछु, अन्यथा कानुनअनुसार अगाडि बढ्छौँ ।”
त्यस्तै नगरपालिकाले चालु आव २०७९÷८० का लागि पुँजीगततर्फ रु एक अर्ब ३४ करोड ७१ लाख ४३ हजार नौ सय ५७ र चालुतर्फ रु ७७ करोड १८ लाख ८२ हजार दुई सय ४३ गरी कूल रु दुई अर्ब ११ करोड ८९ लाख ८६ हजार दुई सय बजेट विनियोजन गरेकामा यो छ महिनाको अवधिमा कुल बजेटको २३ दशमलव २८ प्रतिशत अर्थात् पुससम्ममा कूल रु ४९ करोड ३४ लाख ७० हजार खर्च गरेको नगर प्रमुख खत्रीले बताए ।
आन्तरिक राजस्वतर्फ रु २६ करोड २६ लाख ३० हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा यहीँ पुससम्ममा रु छ करोड ८४ लाख १३ हजार दुई सय ४३ अर्थात् २६ दशमलव चार प्रतिशत मात्रै सङ्कलन भएको उनले जानकारी दिए ।

 

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ११ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।