९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मकवानपुरमा स्कुटर दुर्घटना, तीन जनाको मृत्यु



मकवानपुर, २९ पुस । मकवानपुर मनहरी गाउँपालिका–९ ज्यामिरे भलाद्मीचोकमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत भलाद्मीचोकमा बिहीबारराति ना ३९ प १४३९ नम्बरको स्कुटरलाई गाडीले ठक्कर दिँदा चालकसहित तीन जनाको ज्यान गएको हो । मृतक तीनै जना एउटै स्कुटरमा रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी ३२ वर्षीय धर्मराज मोक्तान, स्कुटर चालक ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रुपेश र मिलनको भरतपुरमा रहेको पुरानो मेडिकल अस्पतालमा पुर्याउने बित्तिक्कै र धर्मराजको आज बिहान ३ बजे उपचारका क्रममा ज्यान गएको प्रहरी उपरीक्षक बामदेव गौतमले बताए । स्कुटरलाई अरु गाडीले ठक्कर दिएको भनिए पनि ठक्कर दिने गाडीको पहिचान खुलेको छैन ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : १८ बजे