९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ठेचोको बाह्रवर्षे जात्रा माघ ८ गतेबाट पुरा




चापागाँउ
२९ पुस । ठेचोको बाह्रबर्षे जात्रा यही माघ ८ गते समापन हुने भएको छ ।
श्री नवदुर्गा भवानी देवी गुठीका अनुसार १२ बर्षे जात्राको अन्तिम पर्वको रुपमा रहेको “धुः ख प्याखँ “ यही आउदो माघ ७ र ८ गते हुने भएको छ ।
यो नाच समापनसंगै ठेचो नवदुर्गा भवानी देवीको १२ बर्षे जात्रा बिधिवत रुपमा समापन हुने भएको हो । योसँगै नवदुर्गा गुठीबाट सुचित सबै नियमहरु समेत अर्को १२ बर्षे जात्रासम्मको लागि फुकुवा हुनेछ ।
ठेचो १२ बर्षे जात्रा समापनको रुपमा रहेको यो नाच माघ ७ गते बेलुका “देशा च्यागु“ अर्थात क्वय लाछी लशकुती परिक्रमा संगै सुरु हुनेछ भने भोलिपल्ट माघ ८ गते दिनभर क्वय लाछीमा नित्य प्रस्तुत गरे संगै अन्त्य हुनेछ साथै नवदुर्गा भवानी देवीको महत्त्वपूर्ण २८ वटा पर्वहरु समेत पुर्ण हुनेछ । यो जात्रा साइत अनुसार फागुन चैत्रतिर पर्ने अनुमान गरिए पनि छिट्टै साइत जुरेको कारण माघको पहिलो सातानै जात्रा पुरा हुने भएको गुठीले जनाएको छ ।

 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : ५६ बजे