१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बज्रवाराही मन्दिरमा आजदेखि सप्ताह महायज्ञ सुरु




चापागाँउ ललितपुर
१ माघ । ललितपुरको बज्रवाराही मन्दिरमा आजबाट सप्ताह महायज्ञ सुरु हुँदैछ ।
श्रीमाई बज्रबाराही आगछें देवघर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव कर्माचार्यका अनुसार करिव ४० बर्षदेखि रोकिएको नित्यपुजा पुनः सुरु गर्नका लागि अक्षयकोष निर्माण गर्न सप्ताह महायज्ञ सुरु गर्न लागिएको हो ।
आज अपरान्ह ३ बजे प्रतिनिधिसभाका सासंद उदयशम्सेर राणाले महायज्ञको शुभारम्भ गर्दैछन् ।
मन्दिरको नित्य पुजा बली दिने मन्दिर निर्माण लगायतको उद्देश्यले महायज्ञको आयोजना हुन लागेको हो ।
बज्रवाराही मन्दिरपरिसरमा सप्ताह व्यापी रुपमा आजदेखि ७ सम्म श्रीमद्भागवत् महायज्ञ हुने भएको हो । श्रीमद्भागवत् कथावाचक श्री कपिलदेव भट्ट र श्री डेगनाथ ढकालद्वारा अनुष्ठान सुरु गरिने कार्यक्रम छ ।
अधयक्ष कर्माचार्यका अनुसारे नित्य पूजा सुचारु गर्न अक्षयकोष निर्माणार्थ सो महायज्ञ आयोजना गर्नु परेको हो । उनले भने, ‘मेरा बुबा वावुलाल कर्माचार्यले गरिरहेको नित्यपुजा गुठीका आयस्ता नआएपछि रोकियो । अव अक्षयकोष बनाएर फेरि सुरु गर्नेछांै ।’
सो श्रीमद्भागवत महायज्ञबाट संकलित भेटीले अक्ष्यय कोष खडा गरी रोकिएको नित्य पूजा सुरु गर्ने,े मन्दिर परिसरमा रहेका मठ, मन्दिरहरुको मर्मत सम्भार गर्ने लक्ष्य रहेको उनले बताए ।
मन्दिरपरिसरमा सरसफाईको कमी छ । यहाँ ज्योतिदय संघले पार्किङ र जंगलमा पिकनिक स्टलको दस्तुर उठाएर यहाँको व्यवस्थापन गरिरहेको छ ।

 

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ६ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।