९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नुवाकोटमा गोरु जुधाउदै,विजेता गोरु धनीलाई ५० हजार रुपैयाँ पुरस्कार



नुवाकोटको तारुकास्थित चन्दनीमा माघेसङक्रान्तिका अवसरमा जुधाइएको गोरु ।

नुवाकोट
१ माघ । आज माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारुका, पन्चकन्या र वेत्रावति लगायतविभिन्न स्थानहरूमा गोरु जुधाउने मेला लाग्दैछ ।
तारुकामा २८, पन्चकन्यामा ११ र वेत्रावतिमा नौ हल गोरु जुधाउने मेला लाग्ने आयोजकहरुले बताएका छन् । यी मध्ये पन्चकन्या ३ पिपलडांडामा विजेता गोरु धनीलाई नगद ५० हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले बताएका छन् ।
आयोजकले गोरु जुधाउने क्रममा घाइते भएका गोरुहरुको उपचारको व्यवस्था समेत गरेका छन् । यी गोरुहरुको विमा समेत रहेको बताइएको छ । मेला हेर्न काठमाडौं लगायत विभिन्न स्थानबाट आन्तरिक पर्यटक नुवाकोट पुग्छन् । आन्तरिक पर्यटकलाई बस्न र खान होमस्टेको व्यवस्था आयोजकहरुले गरेका छन् ।
गोरु जुधाई कार्यक्रममा किसानहरुले सक्रिय सहभागिता रहेको छ । यहाँ धेरै गोरु जुधाउन दर्ता गरेकाले आज र भोलि दुई दिन कार्यिक्रम राखिएको छ । गोरु जुधाईसँगै राष्ट्रिय कलाकारहरु ल्याई सास्कृतिक कार्यक्रम समेत देखाइनेछ ।
स्पेनको बुल फाइटको झल्को दिने नुवाकोटको मौलिक गोरु जुधाईलाई स्थानीयहरुले प्रतियोगितको रुपमा सम्पन्न गर्दै दर्शकलाई मनोरञ्जन दिने गरेका छन् ।
पछिल्लो समय पशुअधिकारको हनन भएको भन्दै अधिकारवादीहरु यो कार्यक्रमको विरोध गर्दै आएका छन् । तर आयोजकहरु भने विदेशी पर्यटकहरुलाई आर्कर्शित गरेर माघे संक्रान्तिमा समेत पर्यटन भित्राउन सकिने सम्भावना रहेको यो मौलिक संस्कृतीलाई आइएनजिओहरुले विदेशी डलर डकारेको आरोप लगाउने गरेका छन् ।

 

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : ४५ बजे