९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटन अस्पतालमा श्रीमती भेटेर कार्यक्षेत्र फर्किएका डा. थापाको विमान दुर्घटनामा निधन



ललितपुर, १ माघ । पोखरामा भएको विमान दुर्घटनामा अर्का एक चिकित्सकले पनि ज्यान गुमाएका छन्। गोरखा वेयलफेयर स्किम पोखरामा कार्यरत डा गणेश थापाको पनि यती एयरलाइन्सको विमान दुर्घटनामा आईतबार मृत्युु भएको हो।

ललितपुरको पाटन अस्पतालमा कार्यरत श्रीमतीलाई भेटेर आफ्नो कार्यक्षेत्र पोखरा फर्किने क्रममा डा थापाको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएको उनका काका अजय सिंह थापाले जानकारी दिए। डा थापाले चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए। उनले अस्ट्रेलियाबाट एमपिएच अध्ययन पूरा गरेका थिए।

पोखरामा काम गर्नुअघि उनले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा समेत काम गरेका थिए। डा गणेशको शव सनाखत भइसकेको उनका काका डा अजयसिंह थापाले जानकारी दिए। उनीसँगै उक्त दुर्घटनामा तीन जना चिकित्सकको मृत्यु भएको पुष्टि भएको छ। दुर्घटनामा डा सुशिल श्रेष्ठ र उनकी श्रीमती डा सोना दिवाकरको मृत्यु भएको छ। सेती नदीको खोंचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६९ जनाको शव फेला परेको छ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ९ : ५९ बजे