९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बज्रवाराहीको सप्ताह महायज्ञमा ललितपुरका नेताहरुले दिए व्यक्तिगत चन्दा




ललितपुर खबर
२ माघ । ललितपुरको बज्रवाराहीमा सुरु भागवत महायज्ञमा स्थानीय नेताहरुले व्यक्तिगत रुपमा चन्दा दिएका छन् ।
आइतबार अपरान्ह उद्घाटन कार्यक्रममा ललितपुर १ का सासंद उदयशम्सेर राणाले २५ हजार ५  रुपैयाँ व्यक्तिगत रुपमा दान दिने घोषणा गरे । कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले २५ हजार ५ सय ५५ रुपैयाँ चन्दा दिने घोषणापछि सासंद राणाले पनि चन्दा दिने उद्घोष गरेका हुन् ।
ललितपुर क्षेत्र नं ३ को प्रदेश २  का प्रदेश सासंद प्रेमभक्त महर्जनले १० हजार एक सय एक रुपैयाँ सहयोग रकम दिने बताए भने ललितपु क्षेत्र नं. ३ को १ नम्बर प्रदेस सासंद रघुनाथ महर्जनले १५ हजार एक सय एक रुपैयाँ चन्दा दिने भएका छन् ।
ललितपुर २ का सासंद प्रेम महर्जनले आफू र आफ्ना नजिकका साथीहरुको सहयोग रकम जम्मा गरेर एकै पटक  सप्ताहको समापन समारोहमा फेरि आउने बचन दिए ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बज्रवाराही मन्दिरमा नित्य पुजा चालु भए आफूले नगरपालिकाबाट पनि संस्थागत सहयोग गर्ने बचन दिएका छन् । उनले पुस्तै पुस्तासम्म कर्माचार्य परिवारबाट नित्यपुजा हुने सुनिश्चितता चाहेका छन् ।


मन्दिरका पुजारी बासुदेव कर्माचार्य १७ जिल्लामा कर्माचार्यहरुको जिल्ला संगठन रहेकाले आफ्नो पुस्तालाई नित्यपुजा गर्न कुनै अप्ठ्यारो नरहेको बताउछन् । उनी भन्छन्, ’बज्रवाराहीको तान्त्रिक विधिबाट पुजा गर्नुपर्छ । तान्त्रिक विधिका लागि केही दिन उपवाससँगै गुफामा बस्नुपर्छ । मल्लकालदेखि कर्माचार्यहरुले मात्रै दिक्षा दिउका छन् ।’
बज्रवाराही मन्दिरमा नित्य पूजाका लागि अक्षयकोष निर्माण गर्न आइतबारदेखि महायज्ञ सुरु गरिएको छ । महायज्ञमा कथावाचक कपिलदेव भट्टले प्रवचन दिनेछन् ।
उपत्यकाकै चार बाराही मध्येको एक बाराहीमा करिव ४० बर्षदेखि नित्य पूरा हुन छाडेको छ । बज्रवाराही गुठीको ७ रोपनी जग्गा भुमिसुधार ऐन लागू भएसँगै मोहीले लिएपछि जग्गा मासिएको पुजारी बासुदेव कर्माचार्य बताउछन् ।

 

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ८ : ११ बजे