९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरकी प्रदेससभा सासंद चापागाँई बागमती प्रदेशसभाको उपसभामुखमा निर्वाचित



हेटौडा
२ माघ । ललितपुरबाट नेकपा एमालेको तर्फबाट समानुपातिक प्रदेस सासंदमा विजयी अप्सरा चापागाई वागमती प्रदेसको उपसभामुखमा निर्वाचित भएकी छिन् । आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट उम्मेदवार बनेकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।
आजको प्रदेशसभामा एक सय १० सदस्य रहेकोमा एक सय आठजना सदस्य बैठकमा उपस्थित भएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । बैठकमा उपस्थित मध्ये ६१ ले प्रस्तावको पक्षमा मत खसालेका थिए । विपक्षमा ३९ र दिन्न भन्ने पक्षमा सात मत प¥यो । चापागाईंको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा थिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ६ : ५३ बजे