९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वीर अस्पतालमा ‘क्याथल्याब’ सेवा शुरु



काठमाडौं, ५ माघ । कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) मा ‘क्याथल्याब’ सेवा शुरुवात गरिएको छ । बिहीबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले मुटु रोगको उपचारका लागि शल्यक्रिया थ्रेयटर (क्याथल्याव) शुभारम्भ गरेका हुन् ।

अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औल्याउँदै उनले अस्पतालमा आउने कोही पनि पैसाको अभावले मृत्युवरण नगरुन् र सहज रुपमा सेवा पाउन् भन्नेमा जोड दिए । मन्त्री गिरीले अस्पतालका उपकरण छिटो विग्रने कुराप्रति आफ्नो ध्नाकर्षण भएको जनाउँदै भविष्यमा यस्तो हुन नदिन आग्रह गरे ।

स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले क्याथल्याबले मुटु रोगीको उपचार गर्न सहज हुने बताइन् । उनले संविधानले सुनिश्चित गरेको आधारभूत निःशुल्क स्वास्थ्य सेवालाई कार्यन्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिइन् । ठूलो अस्पतालमा क्याथल्याब आवश्यक महुसुस गरेर स्थापना गरिएको बताइन् । उनले  चार मुटु रोग विशेषज्ञ भएको अस्पतालमा एउटा  क्याथल्याब सेवाको  विस्तार गरिएको र यसबाट बिरामीलाई गुणस्तरीय तथा सर्वसुलभ सेवा उपलब्ध सहज हुने उल्लेख गरिन्। हृदयाघात भएर आउने बिरामीलाई २४ घण्टाभित्र प्राइमरी एन्जिओप्लाष्टिक (मुटुको नशा खोल्न) क्याथल्याब आवश्यक पर्दछ ।

क्याथल्याबमा मुटुको प्राइमरी एन्जिओप्लाष्टिकका लागि शल्यक्रिया गरी नशा खोलेर बचाउने गरिन्छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. देवनारायण साहले अस्पताललाई विशिष्टिकृत अस्पताल बनाउन क्याथल्याब सेवा शुरु गरिएको बताए ।

मुटुका बिरामीको उपचार यही अस्पतालमै गर्न सकिने जानकारी दिए । उनका अनुसार अस्पतालमा दैनिक दुई सय जति मुटुका बिरामी उपचारका लागि आउने गर्दछन् । तीमध्ये दैनिक चार/पाँचजना बिरामीको क्याथल्याब गर्नुपर्ने हुन्छ । कतिपय क्याथल्याब गर्नुपर्ने बिरामीलाई अस्पतालले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा पठाउने गर्दथ्यो ।

“अब हामीले क्याथल्याब सञ्चालन गरेपछि कुनै पनि मुटुका बिरामीको उपचार यही अस्पतालमा गर्न सक्षम भएका छौँ”, निमित्त प्रमुख प्रशासकीय अधिकारी बस्नेतले भने। उनकाअनुसार रु. नौ करोड ७० लाखको लगतमा स्थापना गरिएको सो क्याथल्याव आइतवार शुरु गरिने जनाइएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ४ : १३ बजे