९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ढुङ्गेअड्डामा दुर्घटना एकजनाको मृत्यु, दुई जना घाइते




काठमाडौं
५ माघ । काठमाडौंको ढुंगेअड्डामा माटरसाइकल दुर्घटनापछि एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका १५ ढुङ्गेअड्डामा ना.६ ख ६६१५ नम्बरको
ट्रकले प्र.३ –०२–०१ प ८२५२ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार धादिङ धुनिवेसी नगरपालिका ९ घर भई हाल चन्द्रागिरी
नगरपालिका १ दहचोक बस्ने ४५ वर्षीय राजकुमार सुनारको मृत्यु भएको छ ।
ठक्करबाट घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट
घाइते भएका मोटरसाइकलमा सवार १ जना र पैदलयात्री १ जना समेत २ जनाको सहिद
मेमोरियल अस्पताल कलंकीमा उपचार भइरहेको छ । दुवै सवारीलाई नियन्त्रणमा लिएर हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ५ : २९ बजे