९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाँचखाल हरित महिला औद्योगिक ग्रामको डिपिआर तयार




काभ्रे
१० माघ । कृषिनगर पाँचखालमा मुलुककै पहिलो महिला उद्यमी तथा हरित औद्योगिक ग्रामको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआिर) तयार भएको छ ।
नगरको वडा नं ७ स्थित करिब पाँच हेक्टर (९८ रोपनी) जमिनमा भौतिक पूर्वाधार निर्माणका लागि जमिन सम्याउने काम सम्पन्न भए पनि नगरले जनाएको छ ।
प्रथम महिला उद्यमी तथा हरित औद्योगिक ग्राम स्थापनाका लागि पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासङ्घ नेपालबीच २०७६ भदौमा त्रिपक्षीय सम्झौता भई प्रक्रिया अघि बढाइएको थियो । प्रारम्भिक चरणमा औद्योगिक ग्रामका लागि सडक स्तरोन्नति, खानेपानी ट्याङ्की निर्माण तथा डिपीआर तयार गर्न रू ६० लाख विनियोजन गरिएको थियो ।
बाग्मती प्रदेशका सङ्घीय अनुदानप्राप्त स्थानीय तहमा औद्योगिकग्राम निर्माण कार्यक्रमअन्तर्गत चार जिल्लाका छ वटा स्थानीय तहमा आर्थिक वर्ष २०७६÷७७ मा नेपाल सरकारले औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको थियो ।
त्यसअनुसार काभ्रेपलाञ्चोकमा तीन, मकवानपुर, चितवन र दोलखामा एक÷एकवटा औद्योगिक ग्राम स्थापना गर्नेगरी सरकारले सरकारले सडक स्तरोन्नति, कम्पाउन्ड, डिपिआर तयार, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआईए), खानेपानीलगायतको व्यवस्था गर्न रू ९२ लाख बजेट विनियोजन गरेको थियो ।
सम्झौताअनुसार पाँचखाल नगरले वडा नं ७ (साविक होक्से गाविस)मा महिला उद्यमी हरित औद्योगिक ग्राम स्थापना र विकासका लागि सोही वडाको कित्ता नम्बर ८९, ९० र ११३ को करिब पाँच हेक्टर जग्गा २५ वर्षका लागि उपलब्ध गराएको हो । नगर प्रमुख महेश खरेल, दक्षिण एसियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजाल र महिला उद्यमी महासङ्घ, नेपालका अध्यक्ष शारदा रिजालबीच ग्राम स्थापनार्थ त्रिपक्षीय सम्झौता भएको हो ।
ग्रामका लागि डिपीआर तयार भइसकेको, जमिन सम्याउने तथा पहुँचमार्ग निर्माणको काम सम्पन्न भएको खरेलले बताउनुभयो । उहाँका अनुसार नेपालमै पहिलो पटक पाँचखालमा स्थापना हुन लागेको औद्योगिक ग्रामलाई महिला तथा कृषिलाई केन्द्रित गरी सञ्चालन गरिनेछ ।
“स्थानीय उत्पादन र कच्चापदार्थको प्रयोगमा जोड दिइने उक्त कार्यक्रमले महिला उद्यमशीलता विकास र आर्थिक सशक्तिकरणका लागि सहयोग पुग्नेछ”, खरेलले भने ।

सम्झौतामा औद्योगिक ग्राम स्थापनाका लागि नगरले आवश्यक सहजीकरण गरिदिने, आवश्यकताअनुसार यसको विकास, सञ्चालन र व्यवस्थापनमा सहयोग गर्ने र औद्योगिक ग्राम क्षेत्रभित्रको जग्गामा उद्योगको स्थापनामा नगरपालिकाले सहयोग गर्ने उल्लेख गरिएको थियो ।
“औद्योगिक ग्रामका कारण आसपासको वातावरण, मानव जीवन तथा भौतिक विकास र निर्माण कार्यमा असर पर्न दिइने छैन भने औद्योगिक ग्राममा सिर्जना हुने रोजगारीका अवसरमा स्थानीयवासीलाई प्राथमिकता दिइनेछ”, खरेलले भने ।
यसअगावै विशेष आर्थिक क्षेत्र प्राधिकरणद्वारा पाँचखाल–७ को देवीस्थान पाँडुल्ला सुवर्णेश्वरी सामुदायिक वनको छ सय रोपनी र शिखरपुरको चार सय गरी एक हजार रोपनी क्षेत्रफलमा पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज)का लागि पूर्वाधार निर्माणका कार्य अन्तिम चरणमा पुगेको छ ।
प्राधिकरणले निर्यातमूलक उद्योगलाई एउटै स्थानमा स्थापना गरेर निर्यातलाई प्रोत्साहन गर्न पाँचखाल सेजको निर्माण अघि बढाएको हो । पाँचखाल सेजमा ५२ वटा निर्यातमूलक उद्योग स्थापना गर्न सकिने सम्भाव्यता रहेको गुरुयोजनामा उल्लेख छ ।
पाँचखाल सेजको निर्माणका लागि प्राधिकरणले रु दुई अर्ब ९५ करोड २७ लाख १७ हजारको अनुमानित लागत तयार गरेको थियो । पाँचखाललाई भैरहवा सेजपछिको प्राथमिकतामा राखिएको छ । नेपाली निजी क्षेत्रको समन्वयमा चिनियाँ उद्यमी फर्निचर उद्योग स्थापना गरी युरोप निकासी गर्न पाँचखाल आउन तयार रहेको व्यवसायीको भनाइ छ ।
त्यस्तै काभ्रेपलाञ्चोकको धुलिखेल नगरले वडा नं. १० शारदा बतासेको पिङडाँडाको जग्गामा औद्योगिक ग्रामको काम सुरु गरेको छ । नगरका इञ्जिनीयर हरेराम हुमागाईंका अनुसार औद्योगिक ग्राम बनाउन एक सय ४८ रोपनी क्षेत्रफल समेटिएको सडक निर्माण, घेराबार लगाउन तथा डिपीआर तयारको प्रक्रिया थालिएको छ ।
त्यस्तै रोसी गाउँपालिका–११ कालढुङ्गामा करिब ७० रोपनी क्षेत्रफलमा औद्योगिक ग्राम बनाउने गरी डिपीआर तयार भएको छ । गाउँपालिकाले आवश्यक संरचना बनाउन थप रु ३४ लाखसहित रु एक करोड २६ लाखको बोलपत्र आह्वान गरिएको थियो ।
पाँचखालमा विभिन्न ऐतिहासिकस्थल समेत रहेकाले पर्यटन र स्थानीय सांस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिने नगरले जनाएको छ । ‘पाँचखाल नगर, कृषि सहर’ नारालाई सार्थक बनाउन नगरले खेतीयोग्य जमिनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।
×
ब् लभधक या तथउभ त्भहत (ल्भउबष्)ि गउयिबमभम

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  २ : १४ बजे