९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको सिचाहिटी र काठमाडौंको सितापाइलामा एक एक जना मृत फेला



काठमाडौं
१२ माघ । ललितपुरको सिंचाहिटी र काठमाडौंको सितापाइला एक एक जना मृत अवस्थामा फेला परेका छन् ।
प््रहरीका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका ४ सितापाईलास्थित शरणपुर नमुनाबस्ती विकास समितिको भवनमा मकवानपुर थाहा नगरपालिका ७ घर भएका ४५ वर्षीय ध्रुव कार्की बुधबार मृत अवस्थामा फेला परेका छन् ।
खोटाङ धारापानी गाउँपालिका ६ घर भई हाल ललितपुर महानगरपालिका ६ सिचाहिटीस्थित टहरा भाडामा लिई बस्ने ६१ वर्षीय सर्भधन मगर बुधबार सोही टहरामा मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ११ : ४५ बजे