९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बालेनविरुद्ध राजधानीबासी आन्दोलित



फाइल तस्विर

काठमाडौं
१५ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नीजि जग्गामा डोजर चलाएको भन्दै राजधानीबासी आज प्रर्दशनमा उत्रने भएका छन् । काठमाडौं महानगरलगायत वरपरको नगरपालिकाहरुले नीजि जग्गामा डोजर चलाएको उनीहरुको असन्तुष्टि छ ।
राजधानीबासी सरकारले विना मुआव्जा र क्षतिपूर्ति नीजि सम्पत्ती हडप्ने गरेको भन्दै उनीहरुको असन्तुष्टि छ । नीजि सम्पतीलाई सरकारी करण गर्न नक्सामा सरकारी बनाउन लगत कट्टा गरि सार्वजनिक बनाउन अधिकारण गरेर मुआव्जा क्षतिपूर्ति दिनु पर्ने उनीहरुले माग गर्दै आएका छन् ।
काठमाडौंको माईतीघर मण्डलमा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले विरोध प्रदर्शन गर्न लागेको हो ।
सरकारले मापदण्ड तोकेर गैरकानूनी ढंगले नीजि सम्पती लिन नसक्ने भन्दै यसअघि सवोच्चमा मुद्दा परेपछि सवोच्च अदातलले नीजि सम्पती राख्न पाउने जनताको हकको सम्मान गर्दै यस अघि जनताको पक्षमा फैसला सुनाइसकेको छ ।
आज दिउँसो २ बजे हुने विरोध प्रदर्शनमा महानगरमा विशाल प्रर्दशन हुने संर्घष समितीका अध्यक्ष सुमन सायमीले बताएका छन् ।
काठमाडौं महानगरपालिको पछिल्लो समय पुस २८ गते सडक विस्तारको नाममा काठमाडौं ३१ वडास्थित शंखमुलमा साहेल महर्जनको नीजि घर जग्गामा विना आधार डोजर कारवाही गरेपछि महानगरको डोजर आतंक बढेको सायमीको भनाई छ ।
सो कारवाही विरुद्ध महानगरको १२ औं नगर अघिवेशनमा प्रमुख बालेन्द्र साह (वालेन)लाई वडा अध्यक्षहरुले जवाफ माग गर्दै चर्को विरोध समेत गरेका थिए ।

 

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : ३७ बजे