२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


विमानस्थलबाट ९ केजी सुनसहित विदेशी नागरिक पक्राउ



काठमाडौं, १९ माघ । त्रिभुवन विमानस्थलबाट ९ केजी सुनसहित क्यानडेली नागरिक पक्राउ परेका छन् । दुबईबाट जहाजमा आएका युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । मोहमदलाई ९ केजी १३५ ग्राम अवैध सुनसहित पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
ती क्यानेडियन नागरिकले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन ल्याएका थिए । उनको साथबाट बरामद गरिएको नीलो आवरणमा रहेको वस्तु पनि परीक्षण गर्दा सुन भएको पाइएको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ९ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।