
काठमाडौं
१९ माघ । काठमाडौंको शंखमुल र भक्तपुरको मध्यपुरठिमीमा चोरी भएको छ ।
प्रहरीका अनुसार महानगरपालिका ३१ शंखमुल डेरा गरी बस्ने अर्घाखाँची घर भएका गुणाखर गैह्रेको कोठाबाट नगद तथा सुनको गरगहना गरी करिब ५ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको धनमाल र सोही ठाउँ डेरा गरी बस्ने सर्लाही लालबन्दी नगरपालिका १५ घर भएका २२ वर्षीया अस्मिता साहको कोठाबाट नगद तथा सरसमान समेत करिब ४५ हजार रुपैँया गरी जम्मा ५ लाख ९९ हजार ८ सय रुपैया बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।
भक्तपुरको मध्यपुरठिमी नगरपालिका ९ निकोसेरा बस्ने ६८ वर्षीय टेक बहादुर बरालको घरबाट करिब ८ लाख ८३ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गरगहना बुधबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
घटनाहरुको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया