२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जुम्लामा रवि लामिछानेले न्याय पाउनुपर्ने माग राख्दै आत्मदाह प्रयास



काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको न्याय पाउनुपर्ने माग राख्दै एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै एक जनाले आत्मदाहको प्रयास गरेका हुन् ।
कोहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत गोकर्ण कार्कीले शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् ।

उनले पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेपछि प्रहरीले उनको उद्धार गरेको छ । प्रतिष्ठानमा ड्राइभर रहेका ४० वर्षीयका कार्कीले पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेको जुम्ला प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ४ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।