
काठमाडौं, १९ माघ । नमोबुद्ध नगरपालिकाको भकुण्डेमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका वडा ननम्बर ७ स्थित बीसकिलोमा बा २ ख ७३४२ नम्बरको बसले बिहीबार दिउँसो साढे ३ ठक्कर दिँदा पैदलयात्री स्थानीय कृष्णबहादुर अधिकारीका ८ वर्षीया छोरी दिविसाको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार दुर्घटनापश्चात् आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् । नमोबुद्ध नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो । स्थानीयले करिब दुई घण्टा बीपी राजमार्गसमेत अवरोध गरेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया