२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नगर प्रहरीको राम्रो काम गरेका मेयर महर्जनको दावी,चक्रपथबाहिर सेवा नदिएको स्थानीयको गुनासो




ललितपुर

१९ माघ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगर प्रहरीको कामबाट सबै नगरवासी खुसी रहेको दावी गरेका छन् ।
ललितपुर महानगरबाट सेवा प्रवाहका सन्दर्भमा नगर प्रहरीले गरेका कामको श्रव्यदृष्य सामग्री प्रदर्शनीमा प्रमुख महर्जनले २६ महिना अगाडि महानगरको प्रहरी प्रमुखमा सीताराम हाछेंथ ुनियुक्तभएपछि महानगरमा अन्य नगर र महानगरलाई सिकाउने गरी उदाहरणीय काम भएको भन्दै प्रशंसा गरे ।
“नगर प्रहरीको कामबाट सबै खुसी छन्, नगरप्रहरीमार्फत हामीले विधि पु¥याएर काम गरेका छौँ”, उनले दावी गरे । उनले नगरप्रहरीको कामले महानगरको सेवा प्रवाहलाई अत्यन्तै सहज बनाएको बताउदै प्रहरीलाई सुरक्षाका थप विधि अपनाएर काम गर्न आग्रह समेत गरे ।
महानगर उपप्रमुख मञ्जली शाक्यले नगरप्रहरीका कामले नगरवासीमा सकारात्मक धारणा विकास गरेको उनको भनाई छ । उपप्रमुख शाक्यले भनिन्, “नगर प्रहरीले काम गर्दा महानगरको योजनाबमोजिम अगाडि बढ्नु हुनेछ भन्ने अपेक्षा छ । नगरप्रहरीका कामलाई थप व्यवस्थित गर्न आवश्यक नीतिगत काम गर्न तयार छौँ।”
यही पुस २ गते १०४आँै स्थापना दिवस मनाएको ललितपुर महागरले यस वर्षका लागि ‘ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ नारालाई केन्द्रमा राखेर सेवा प्रदान गरिरहेको छ ।


प्रदर्शनीमा सार्वजनिक पाटीपौवाको सरसफाइ, सडकका छेउछाउमा राखिएका सामग्री हटाउने, भूइँमा लत्रिएका र अव्यवस्थित तारलाई व्यवस्थापन गर्ने, जथाभावी पार्किङ गरिएका सवारीसाधन हटाउने र फुटपाथ अतिक्रमण गरी व्यापार गर्न रोक्नेलगायत नगरप्रहरीले गरेका सकारात्मक कामलाई समेटिएको थियो ।
नगरप्रहरीले जनचेतना जगाउनका लागि चेतनामूलक सन्देश प्रवाह गर्ने, नक्सापास नगरी बनाइएका अव्यवस्थित संरचना हटाउने, जथाभावी राखिएका होर्डिङ बोर्ड हटाउनेलगायतका कार्य गर्दै आइरहेको छ ।
हाल ललितपुर महानगरमा ७५ जना नगर प्रहरी कार्यरत छन् ।
तर महानगरका दिउँसोपस फुटपाथमा अनाधिकृत रुपमा व्यापार गर्ने व्यापारीहरुलाई महानगरको प्रहरीले रोक्न सकेको छैन । महानगरका चक्रपथबाहिरका वडाहरुमा नगरप्रहरीले सेवा दिन नसकेको स्थानीयहरु बताउछन् ।
नगरप्रहरी सिताराम हाछेथुको नियुक्ती कानून विपरित नगरसभाको निर्णय छलेर महानगरका मेयर महर्जनले गरेको भन्दै अघिल्लो कार्यकालमा जनप्रतिनिधिहरुले निरन्तर विरोध गरेका थिए ।
ललितपुरको धापाखेलस्थित नागदहमा माछा मार्ने लुगाधुने जस्ता कृयाकपाल नगरप्रहरीले रोक्न नसकेको भन्दै स्थानीयबासी गुनासो गर्दै आएका छन् ।

 

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ८ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।