८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंका माछापोखरीमा आन्दोलनकारीले जलाए अस्थायी प्रहरी बिट



काठमाडौं, १ फागुन । काठमाडौंस्थित माछापोखरीको अस्थायी प्रहरी बिटमा आन्दोलनरत यातायात मजदुरले आगजनी गरेका छन् । आन्दोलनरत मजदुरहरुले बालाजुमा प्रहरीका दुई वटा भ्यान जलाएका थिए । आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आगो लगाएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले आन्दोलकारीमाथि केही सेल अश्रुग्याँस चलाएको छ । यता प्रर्दशनकारीहरुले प्रहरीमाथी ढुंगामुढा गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ पछिल्लो समय ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध आन्दोलनरत छन् । उनीहरुले मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक सवारी बन्दको घोषणा पनि गरेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ७ : २३ बजे