१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हरिसिद्धिमा विद्युतको पोल चढ्दा करेन्ट लागेर युवकको मृत्यु



ललितपुर

२ फागुन । ललितपुरको हरिसिद्धिमा विद्युत्को पोल चड्दा करेन्ट लागेर युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका २८ हरिसिद्धिमा विजुली वत्ती मर्मत गर्नको लागि विद्युतको पोलमा चढ्ने क्रममा करेन्ट लागेर ओइटी सप्लायर्स (ईलेक्ट्रिक पसल) मा काम गर्ने झापा घर भएका ३० वर्षीय हरि राजबंशीको सोमबार दिउँसो मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको कृष्ट अस्पताल ईमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ८ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।