८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोंगबु घटनामा ल्होत्से मलको पसलबाट लुटपाट गर्ने चार जना पक्राउ



काठमाडौं, ३ फागुन । गोंगबु घटनामा यातायात मजदुरको आन्दोलनमा क्रममा ल्होत्से मलको मोवाइल पसलमा लुटपाट गर्ने व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फागुन १ गते बेलुका करिब ६ बजेतिर गोंगबु बसपार्कमा रहेको लोत्से मलमा सञ्चालित अर्जुन चालिसेको एसीडीसी मोबाइल प्रालि, डायमण्ड मोबाइल प्रालि तथा राजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी पसलभित्र रहेका मोबाइल, चार्जर, रिचार्ज कार्ड, एयरफोन लगायतमा सामग्रीहरु चोरी भएको थियो।
तत्कालै प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरी अधिकृत सहितको टोलीले उक्त घटनामा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा दैलेखको भगवती माई गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय चिरन रेग्मी, काठमाडौं महानगरपालिका–१६ सामाखु्सीका ३५ वर्षीय नविन खड्की, रुपन्देहीको खैरेनी गाउँपालिका–५ का २२ वर्षीय सुजन खत्री र झापाको शिवसताक्षी नगरपालिका–४ का १८ वर्षीय प्रदीप बस्नेत रहेका छन्।

उनीहरुको साथबाट चोरी भएका विभिन्न सामानहरु पनि बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। यस्तै उक्त घटनामा संलग्न रहेका अन्य संदिग्धहरुलाई पनि नियन्त्रणमा लिएर छानबिन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ६ : ३७ बजे