२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कीर्तिपुर मैदानबाट सट्टेबाजीमा संलग्नताको आशंकामा एक जना पक्राउ



काठमाडौं, ५ फागुन । काठमाडौं कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा सट्टेबाजीमा संलग्न भएको आशंकामा प्रहरीले एकजना नेपाली युवकलाई नियन्त्रणमा लिएको छ। मैदानमै खटिएका प्रहरीले नै उनलाई पक्राउ गरेका हुन्।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का प्रवक्ता एसपी सन्जय सिंह थापाका अनुसार नेपाल र स्कटल्याण्डबीच खेलमा अनलाइन सट्टेबाजीमा संलग्न भएको आशंकामा एकजनालाई नियन्त्रणमा लिएर प्राविधिक पक्षको अनुसन्धान भइरहेको छ। प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय भने खुलाएको छैन।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।