८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर डोलेश्वरमा महाशिवरात्रीमा आउने साधुसन्तलाई दक्षिणा र धोति दिएर विदा गरिने



भक्तपुर
५ फागुन । शिवरात्री पर्वमा मेला भर्न भक्तपुरको डोलेश्वर आउने साधुसन्तलाई दक्षिणा र धोति दिएर विदा गर्ने भएको छ । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरणबस्नेतका अनुसार पर्वका लागि आएका साधुसन्तलाई समितिले खाने बस्ने, धुनी बाल्न दाउराको व्यवस्था गरिएको र मेला भर्न आउने सम्पूर्ण भक्तजनलाई प्रसादीको व्यवस्था गरिएको उनले जानकारी दिए । शिवरात्री पर्वका लागि डोलेश्वर आउने साधु सन्त र बाबाहरु मध्ये ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा एवं धोती दिएर विदाई गर्ने व्यबस्था गरेको छ ।
शिवरात्रीका लागि यसवर्ष ३५० जना साधुसन्त एवं बाबाहरु आएका महासचिव बस्नेतले जानकारी दिदै डोलेश्वरमा दर्शनका लागि एक लाख भन्दा बढी बढी दर्शनार्थी आउने अनुमान गरिएको बताए ।

केदारनाथ शिर डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको सम्पूर्ण तयारी पूरा समितीले जानकारी दिएकोे छ । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आज यसबारेमा जानकारी दिँदै शिवरात्रीको तयारी पूरा भएको र भोलि सहज रुपमा भक्तजनलाई दर्शनको व्यबस्था गरिएको जानकारी दिएको छ ।

साउनको तेश्रो सोमबार आज भक्तपुरको प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीड, यहाँ बिहानदेखि साँझसम्म नै दर्शनार्थीको भीड लागेको छ । लेन्स : रमेश गिरी/रासस

समितिका महासचिव हरिशरण बस्नेतले शिवरात्रीका दिन सर्वसाधारण भक्तजनका लागि बिहान ४ बजेदेखि १२ बजेसम्म मन्दिरका चारै ढोका खुल्ला गरी गर्भ गृहमा प्रवेश गरी पूजा एवं दर्शन गर्ने व्यबस्था गरेको जानकारी दिएका छन् । महाशिवरात्रीको दिन भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको छ भने मन्दिरको गर्भमा गएर पूजा एवं दर्शन गर्ने व्यबस्था गरेको उनले जानकारी दिए ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १० : ०८ बजे