८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको नल्लुमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु



ललितपुर
७ फागुन । ललितपुरको नल्लुमा भएको स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कोन्ज्योसोम गाउँपालिका ४ नल्लुमा बा.४२ प ४४९५ नम्बरको स्कुटर आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही गाउँपालिका ४ नल्लु बस्ने १९ वर्षीय बिकास सापकोटा र स्कुटरमा सवार गोदावरी नगरपालिका ५ बस्ने ५५ वर्षीय रामहरी घलानको मृत्यु भएको हो ।
दुर्घटनामा घलानको घटनास्थलमै र बिकाशको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ८ : ५२ बजे