८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


राजधानीका विभिन्न ठाँउमा ३ जना मृत फेला




काठमाडौं
९ फागुन । राजधानीका विभिन्न ठाँउमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको गल्को पाखा, काठमाडाकै बौद्ध र भक्तपुरको आशापुरीमा छुट्टा छुट्टै स्थानमा मृत फेला परेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका २६ गल्कोपाखा सुकुबाहाल डेरा गरी बस्ने बिराटनगर घर भएकी २० वर्षीया लिलिमा तामाङ नाम गरेकी महिला आफ्नै ओछ्यानमा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
साथै आइतबार नै काठमाडौं महानगरपालिका ६ बौद्ध नयाँबस्ती फुटसल ग्राउण्ड नजिक अर्को व्यक्ति मृत अवस्थामा फेला परेको छ । यहाँ चौरमा हाल नाम, थर, वतन नखुलेका ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
र भक्तपुर सूर्यविनायक नगरपालिका ८ आशापुरीस्थित सामुदायिक जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । बर्दिया, मधुवन नगरपालिका ४ गम्मका बस्ने ५० वर्षीया दहनी थरुनी आफ्नै घरमा
आइतबार मृत अवस्था फेला परेकी छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १ : ३८ बजे