८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चक्रपथ विस्तारमा प्राधिकरणका कारण कुनै पनि ठाउँमा समस्या छैनः कुलमान घिसिङ



काठमाडौं, १२ फागुन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कारण कुनै पनि ठाउँमा चक्रपथ विस्तारमा समस्या नरहेको स्पष्ट पारेका छन् ।

बिहीबार दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत कलङ्की–वसुन्धारा सडक खण्डकको अवलोकनका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सङसँगै अनुगमन एवम् निरीक्षणका लागि त्यहाँ पुगेका उनले यस्तो बताए ।

निर्देशक घिसिङले कलंकी बसुन्धारा सडक खण्डमा अब १५ वटा पोल जति हटाउन बाँकी रहेको र ति पोलहरु १५ दिनभित्रमा हटाइसक्ने जानकारी दिए । उनले विद्युत प्राधिकरणको कारण कुनै पनि ठाउँमा चक्रपथ विस्तारका लागि समस्या नरहेको स्पष्ट पारे ।
त्यस्तै, काठमाडौं चक्रपथ सुधार योजनाकी योजना प्रमुख सजना अधिकारीले चक्रपथ विस्तारको कलङ्कीदेखि बसुन्धरासम्म ८.२ किलोमिटर दोस्रो चरणमा सुरु हुन लागेको बताए । उनले जसअन्तर्गत रहेका करिब तीन सय बिजुलीका पोलहरु हटाइसकेको र अब २२ वटा पोल मात्रै रहेकाले सडक विस्तारका लागि कुनै समस्या नभएको जानकारी दिए ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ८ : २० बजे