८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा सवारी चलाउँदा ५० को स्पीड कटाउन नपाइने



काठमाडौं, ११ फागुन ।  काठमाडौं उपत्यकामा बिहीबार देखि लागू हुने गरी सवारी साधनको अधिकतम गति(स्पीड) प्रतिघण्टा ५० किलोमिटर तोकिएको छ । यदि कसैले अब उप्रान्त ५० भन्दा बढीको स्पीडमा आफ्नो सवारी चलाए, कारबाही हुनसक्छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको सडकमा गुड्ने सवारी साधनको स्पिड लिमीट तोक्दै बिहीबारदेखि नै यो लागू भएको जानकारी दिएको हो । महाशाखाले जारी गरेको एक सूचनाअनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा गरिएको व्यवस्था अनुसार उपत्यकाका लागि स्पीडको लिमीट तोकी कार्यान्वयनमा ल्याइएको हो। पछिल्लो समय उपत्यकाको सडकमा बढ्दो दुर्घटना, टाफिक नियमको उल्लंघनलाई कम गर्न ऐनमा भएको व्यवस्थाअनुसार अधिकतम गति तोकिएको बताइएको छ । प्रहरीका अनुसार कलंकी–कोटेश्‍वर सडकखण्डको फास्ट ट्रयाकमा प्रति घण्टा ५० र सर्भिस ट्रयाकमा प्रतिघण्टा २० स्पीडमा सवारी चलाउनुपर्ने गरी लिमीट तोकिएको छ ।
कोटेश्‍वर–भक्तपुर सडकखण्डमा गुड्ने सवारी साधनले पनि अधिकतम ५० कै स्पीड कायम गर्नुपर्नेछ । कार्यान्वयनमा ल्याइएको स्पीडको लिमीट सम्बन्धी व्यवस्था कार्यान्वयन भए नभएको पनि अनुगमन हुने र उल्लंघन गर्ने सवारीधनीलाई ऐनमा भएको व्यवस्था अनुसार कारबाही हुने समेत महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १ : ३८ बजे