८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नख्खु–भैंसेपाटी सडक तत्काल निर्माण गर्न सांसद तोसिमा कार्कीको माग



ललितपुर, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले काठमाडौं उपत्यकाभित्रका सडक निर्माण गर्न माग गरेकी छन्।
काठमाडौं उपत्यकाभित्र पनि ललितपुर हेपिएको अवस्थामा रहेको उनले बताइन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले सडक पानी परे हिलो, घाम लागे धुलो हुने र जनताले दुःख पाइरहेको बताइन्।

‘धुलो उडेको सडकमा पानी हाले चिप्लेर लड्ने नहाले धुलोले दमखोकी हुने मेरो क्षेत्रको सडक,’ उनले भनिन्, ‘नख्खु–भैंसेपाटी सडक निर्माण कहिले टुंगो लाग्छ?’

उनले लामो समयदेखि चुनिखेल फर्सीडोल सडक, सातदोबाटो–चापागाउँलगायत सडक अलपत्र रहेको पनि बताइन्। सडक विभाग र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले कसको स्वार्थमा काम नगरेका हुन् भन्ने पनि सांसद कार्कीको प्रश्न छ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १० : ०० बजे