९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका मतदाता नामावलीमा समस्यै समस्या




ललितखबर
ललितपुरको मतदाता नामावलीमा समस्यै समस्या देखिएको छ । बुधबार जिल्लामा आयोजित कार्याक्रममा मृत्यु भएका,बसाई सरेका र नागरिकता त्यागेका व्यक्तिहरुको समेत नामावली रहेकोले उनीहरुको नामबाट भोट हाल्ने गरिएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरे ।
कोञ्ज्योसोम गाँउपालिकाका अध्यक्ष कृष्णमान लामाले मृत्यु भएका व्यक्तिको नामबाट मत हाल्ने डरलाग्दो संस्कार सुरु भएको भन्दै चिन्ता व्यक्त गरे । उनले प्रश्न गरे, ‘के यसरी हाम्रो लोकतन्त्र बलियो हुन्छ ?’
जिल्ला निर्वाचन प्रमुख गोमा धमलाले कानूनी प्रकृया पुरा नगरी ती नाम हटाउने अधिकार आफूलाई नभएको भन्दै स्थानीय पञ्जिकाधिकारीले प्रमाणित नगरी आफूहरुले त्यो नाम हटाउन नसक्ने बताइन् । उनका अनुसार गएको स्थानीय निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको बेला दुई पल्ट नामावली हटाउन आयोगले प्रकृया गरिएको भए पनि जम्मा १ हजार १ सय मात्रै हटेको थियो ।
राजनीतिक दलले मतदाताको नाम हटाउन नचाहेकै कारण झुटा नामावली कायम रहेको सहभागीहरुले गुनासो थियो । एक सहभागीले नाम नबताउने शर्तमा ललितखबरलाई भने,‘ती नाम हटाए चलखेल गर्न सकिदैन । उनीहरुकै नामबाट अर्कोले भोट हाल्न पाउदैन ।’
निर्वाचनका बेला यस्ता नामबाट मतदान केन्द्रमा गएर कार्यकर्ताहरुले भोट हाल्ने गरेको गुनासो सुनिने गरेको छ । मृत्यु भएका र बसाई सरेका व्यक्तिहरुको दोहोरो नाम कायम हुँदा धाँधली गरेर निर्वाचन जित्ने गरेको पार्टीहरुमाथि आरोप लाग्ने गरेको छ ।
एक सहभागीले उत्तरी मकवानपुर र दक्षिण ललितपुरका बासिन्दाहरुले दुवै ठाँउबाट भोट हाल्ने गरेको खुलासा गरे । उनले भने, ‘यसरी भोट हालेकै कारण एक भोटले जित हार समेत भएको छ ।’
कार्यक्रममा सहभागी पत्रकार रामहरि कार्कीले आफूले सिन्धुली र ललितपुर दुवै ठाँउबाट निर्वाचनमा भोट हालेको उदाहरण दिदै निर्वाचन आयोगले नामावली हटाउन नसक्ने बताए ।
पालिका अध्यक्ष लामाले निर्वाचन आयोगले एक हप्ताको छोटो समयअवधि ल्याएर अभियान ल्याउदा दुर्गम ठाँउबाट नामावली हटाउने प्रकृया पुरा गर्न नसकिने बताए । उनले भने,‘मृत्यु भएका र बसाई सकेकाहरु पुरानो मतदाता नामावली हटाउन झण्झटिलो प्रकृया पुरा गर्दैनन् । राजनीतिक सहमती गरेर हटाउनु पर्छ ।’

एक सहभागीले निर्वाचन आयोगले सरकारी बजेट सक्ने मात्रै नामावली अध्यावधिकको नाटक रचेको आरोप लगाए । यसै बर्षभित्र ३ वटा अभियान सञ्चालन भए पनि मृत्यु भएकालगायतको नाम उल्येख्य नहटेको उनको भनाई थियो ।
आयोगकी जिल्ला अध्यक्ष धमलाले आयोगले स्थानीय पञ्जिकाधिकारीलाई भत्तालगायतका सुविधा नदिदा काम लगाउन समस्या रहेको बताइन् । त्यसैले यो बर्ष २ पल्ट भएको अध्यावधिक कार्यक्रममा उल्येख्य नाम हटेनन् । भएको उनले भनिन्, ‘फागुन २२ गतेबाट स्थानीय पञ्जिकाधिकारीले प्रकृया पुरा गरे हामी हटाइ दिन्छौं ।’

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  २ : ३७ बजे