५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


‘महिलाहरुको न्यायमा पहुँच विस्तार हुनुपर्ने’



ललितपुर
२६ फागुन  । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा ललितपुरका आयोजित कार्यक्रममा सरोकारवालाहरुले महिलाहरुको न्यायमा पहुँच विस्तार हुनु पर्नेमा जोड दिएका छन् ।

परिवर्तनका लागि सहकार्य नेपालद्वारा विहीबार आयोजित कार्यक्रममा“सफलताका लागि जीवनमा संघर्ष, महिला अधिकार र न्यायका लागि पहुँचको विस्तार”बिषयक अन्तरक्रियामा अधिकारकर्मी तथा संघकी अध्यक्ष
मैयाँ नेपाली, ललितपुर उपनगरपालिकाका उपमेयर मन्जली शाक्य, पुर्वसासंद मैना अच्छामी, महिला व्यवसायी सजल प्रधान, महिला अभियानकर्ता सुशिला चौधरी र पुर्व सैनिक अधिकृत दिलकुमारी कार्कीले महिलाको अधिकार कार्यान्वयनका लागि न्याय मा पहुँच विस्तार हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, प्रहरी कार्यालय चापागाउँ महिला सेलका प्रमुख श्री कल्पना राई, जावलाखेल प्रहरी कार्यालय महिला तथा वालवालिका सेलकी प्रमुख प्रहरी निरिक्षक  मिनादेवी राई, र पशु सेवा कार्यालयका प्रमुख डा. राम प्रकाश प्रधानले आधुनिक प्रविधिमा महिलाको पहुँच विस्तारको आवश्यकता र महिला अधिकारका लागि महिला नेतृत्वलाई विशेष जोड दिनुपर्ने बताए ।

संस्थाकी अध्यक्ष मैयाँ नेपालीले समानता र समावेशी समाजको स्थापनाको आवश्यकतालाई औल्याउँदै यसतर्फ महिलालाई शसक्त बनाउन आव्हान गरिन् ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १२ : २२ बजे