१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


रिटर्नी फेडेरेशनको ललितपुर जिल्ला अध्यक्षमा राजु दुलाल



२८ फागुन । रिटर्नी फेडेरेशनको ललितपुर जिल्ला अध्यक्षमा राजु दुलाल चयन भएका छन् ।
रिटर्नी फेडेरेशन नेपालको पहिलो ललितपुर जिल्ला अधिबेशनले राजु दुलालको अध्यक्षतामा १५ सदस्यिय जिल्ला कमिटी गठन गरेको हो ।
ललितपुरको चापागाँउमा शनिबार अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनमा नेकपा एमाले जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, केन्द्रीय बरिष्ठ उपाधक्ष उत्तम अधिकारी तथा बिनोद भट्टराई , केन्द्रीय सदस्य ललितपुर ईन्चार्ज उमेश घिमिरेलगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।
फेडेरेशन नेकपा एमालेको भातृ संस्था हो । नेकपा एमालेले पछिल्लो समय जनसंगठन निर्माणको क्रममा रोजगारीको सिलसिलामा विदेश बसेर फर्केपछि देश विकाशमा योगदान दिनहरुलाई संगठीत गरेर भातृ संस्था निर्माण गरेको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १२ : ५२ बजे