११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको जावलाखेलमा पार्क निर्माणको विरोध, पार्किङ स्थल निर्माण गर्न माग



ललित खबर,जावलाखेल
३० फागुन । ललितपुर महानगरका पार्किङ स्थलको अभावका कारण हिडडुल गर्न र व्यापार व्यावसाय गर्न समस्या भएको भन्दै जावलाखेलका स्थानीय युवा र व्यापारीले प्रर्दशन गरेका छन् ।
ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कूल अगाडि खुला स्थानमा ललितपुर महानगरले पार्क निर्माण सुरु गरेपछि स्थानीय आन्दोलित भएका हुन् ।
ललितपुरमहानगर वडा नं. ४ को योजनामा पार्क निर्माण गरिएको हो । महानगरका एक कर्मचारीले ताम्रकार समाजको गुठी भोज खाने ठाँउ भएकाले अन्य संरचना निर्माण गर्दा विवाद आउने भएकाले पार्क निर्माण गरिएको बताए । उनले भने,‘ यहाँ पानीको छहरा र बस्ने कुर्सीहरु राखिन्छ । आवश्यक परेको बेला भोज खान समेत सmिभले हुने गरी पार्क बनाउछौं ।’
ललितपुर शहरभित्र धेरै ठाँउमा पार्क रहेको तर सडकमा मोटरसाइकल, मोटर यत्रतत्र राख्नु पर्ने बाध्यता रहेको उनीहरुको भनाई छ । प्रर्दशनमा सहभागी रमेश विष्टले भने,‘सडकमा मोटरसाइकल राख्दा महानगरले उठाएर लैजान्छ । तर महानगर नै पार्किङ स्थल बनाइदिदैन । हामी महानगरको व्यावहारबाट हैरान छौं ।’
महानगरले खाली ठाँउ देख्यो कि पार्क बनाइ हाल्ने तर ललितपुरबासीको समस्या नबुझने गरेको उनको भनाई छ ।
पार्क बनाउनु समस्या नभए पनि स्थानीयबासीलाई पार्किङको विकल्प पनि दिनु पर्ने उनको भनाई छ । महानगरका सडक नजिक विभिन्न ठाँउमा खाली जमिन धेरा हालेर महानगरले राख्दा पनि गाडी र मोटरसाइकल पार्क गर्न समस्या पर्ने गरेको छ ।
महानगरले सडक अगाडि घर बनाउन नक्सा पास गर्दा भूमिगत पार्किङ बनाउन अनिवार्य नगराउदा यो समस्या आएको हो । महानगरले सार्वजनिक जग्गामा पार्किङस्थल निर्माण गरेको छैन । केही समयअघि महानगरकै सडकमा पार्किङ शुल्क उठाउन महानगरले ठेक्का लगाएपछि अदातलमा मुद्दा परेको थियो । महानरको विपक्षमा फैसला भएपछि अहिले सो ठेक्का तोडिएको छ ।
महानगरले केही ठाँउमा सडकमै निशुल्क पार्किङ खुला गरे पनि त्यो पर्याप्त नभएको स्थानीयहरु बताउछन् ।
महानगरले पार्क निर्माण गर्ने भएपछि केही दिनअघि ताम्रकार समाजले महानगर घेराउ समेत गरेको थियो । दशकौंअघिदेखि आफूहरुले उपभोग गरेको सास्कृतिक सम्पदा उत्खनन गरेर परम्परागत संरचना बनाउनु पर्नेमा महानगरले आधुनिक संरचना निर्माण गरेको भन्दै उनीहरुको विरोध थियो ।
ताम्रकार समाजका निवर्तमान अध्यक्ष रविन्द्रराज ताम्रकार महानगरसँग सम्झौता भइसकेपछि पार्क निर्माणमा आफूहरको अवरोध नरहेको बताए । उनले भने, ‘यसमा हाम्रो सहमती छ ।’
महानगरले ललितपुरमा युरोप अमेरिकाको जस्तै आधुनिक संरचना पार्क, साइकललेन निर्माणमा ध्यान दिएको तर ऐतिहासिक संरचनाको संरक्षण र उत्खननमा ध्यान नदिएको भन्दै पाटनबासी असन्तुष्ट छन् । मेयर चिरीबाबु महर्जन दर्जनौं पटक विदेश भ्रमण गएर विदेशीहरुको देखासिकी गरेको ऐतिहासिक पुरातात्विक शहर पाटनलाई पुरानो शहरको रुपमा संरक्षण गरेर विदेशीहरु के आर्कर्षणको केन्द्र बनाएर पर्यटक भित्राउनु पर्नेमा आधुनिकताको लेप लगाएर शहर विगारेको उनीहरुको आरोप छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  २ : २० बजे