१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाइयो



काठमाडौं, ७ चैत । ललितपुरमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाइएको छ । ललितपुरमा हरेक वर्ष एउटा घोडा दौडाएर घोडेजात्रा मनाने गरिएको छ । ललितपुरको भीमसेनस्थानमा नेपाली सेनाको क्याभलरीबाट एउटा घोडा पुर्‍याइन्छ ।
भीमसेन गुठीका सम्पूर्ण गुठियारले आवश्यक परम्परागत विधिपूर्वक पूजा गरी आजुहरूले चुनेका गुठियारमध्ये कुनै पनि व्यक्तिलाई घोडा चढाउनुका साथै घोडा चढ्नेलाई सम्मानस्वरूप भीमसेनस्थानबाट ल्याएको फूलमाला पहिर्‍याइ, टीका पूजा गरिन्छ ।
त्यस स्थानदेखि एकल घोडेजात्रा सुरु हुन्छ । पाटनको मूलचोकबाट सुरु भई विभिन्न स्थान हुदै बालकुमारी परिक्रमा गरी फेरि भोल गणेश हुँदै बालकुमारीमै घोडायात्रा फर्किन्छ ।
नगर परिक्रमापछि घोडचढीलाई गुठी संस्थानका प्रमुखले पान, सुपारी र दक्षिणा दिई विदावारी गरेपछि ललितपुरको एकल घोडजात्रा सम्पन्न हुन्छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ३ : १५ बजे