९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपालको पहिलो चलचित्र सत्य हरिश्चन्द्र कि आमा ?



ललितखबर
९ चैत्र । नेपाली चलचित्र सत्य हरिश्चन्द्र र आमाबीच कुन पहिलो भन्ने विषयमा सिने क्षेत्रमा विवाद छ ।
धेरैले चलचित्र सत्य हरिश्चन्द्रलाई पहिलो नेपाली चलचित्र मान्छन् । डी.बी परियारले वि.सं २००७ मा कलकत्तामा यो चलचित्र बनाएका थिए । समस्त नेपालीहरुका लागि नेपाली भाषाको पहिलो चलचित्र मान्ने कुरामा फरक कत नभए पनि नेपाली भूमिमा नेपाली कलाकारलगायत टिमले बनाएको २०२१ असोज २२ मा प्रदर्शनमा आएको ‘आमा’ चलचित्रलाई लिने गरिन्छ ।
डिबी परियारको ‘सत्य हरिश्चन्द्र’ नेपाली भाषामा कलकत्तामा छायाङ्कन भएको थियो ।
चलचित्र आमामा शिवशङ्कर मानन्धर र भुवन चन्दले अभिनय गरेका थिए । उनीहरुलाई पहिलो नायक नायिकाको रुपमा लिइन्छ । तत्कालीन श्री ५ को सरकार, सूचना विभागले निर्माण गरेको सो चलचित्र हीरासिंह खत्रीले निर्देशन गरेका थिए ।
आमा चलचित्र हीरासिंह खत्रीले बनाएका थिए । नेपालको पहिलो रंगीन चलचित्र कुमारी (चलचित्र) वि.सं २०३४मा प्रेम बहादुर बस्नेतले बनाएका थिए ।
२०१८ सालको अन्तिम समयमा राजा महेन्द्रले आफ्नो ४२औं जन्मोत्सव खिच्न हिरासिंह खत्रीलाई भारतलाई काठमाडौं बोलाएका थिए । खत्रीले खिचेर निर्माण गरेको ‘श्री ५ महेन्द्रको बयालिसौँ शुभजन्मोत्सव’ वृत्तचित्र लाई पहिलो वृत्तचित्र मानिन्छ । हिरासिंहले चलचत्रि आमासँगै नेपाली चलचित्रको निर्देशन गरेका गरे ।
नेपालको पहिलो डकुमेन्ट्री श्री ५ महेन्द्रको ४२ औ शुभजन्मोत्सवको बारेमा वि.सं २०१८मा हरि सिहं खत्रीले बनाएका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ७ : ११ बजे