१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बनेपामा घरेलु फोहोरको व्यावस्थापनका लागि कौसी खेती



 

१३ चैत्र । बनेपा नगरपालिकाले घरेलु फोहोर व्यवस्थापनका लागि कौसी खेती प्रवद्र्धन गर्ने भएको छ ।
मेयर शान्तिरत्न शाक्यले बनेपा नगरको सहरी क्षेत्रमा फोहर व्यवस्थापनको चुनौती रहेको र त्यसको समाधानका लागि फोहर वर्गीकरण गरेर कुहिने फोहरलाई मल बनाएर आफ्नै घरमा कौसीखेती गर्न यो कार्यक्रम सञ्चालन गरेको बताएका छन् । “यो कार्यक्रमले जैविक फोहर व्यवस्थापनमा सहयोग पु¥याउनुको साथै नगरको सौन्दर्यीकरणमा मद्दत पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने । उनका अनुसार यस कार्यक्रमलाई थप गर्दै थप ‘एक घर एक कम्पोष्ट विन’ वितरण गर्दै जाने लक्ष्य राखिएको छ ।

बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याएको हो । नगरले कौसी खेतीका कारण जैविक फोहोर व्यवस्थापमा सहयोग प¥याउने उद्देश्यले कार्यक्रम सञ्चालमा ल्याइएको बताइएको छ ।

कार्यक्रमअन्तर्गत नगरले आवश्यकताअनुसार कौसी खेती तालिम सञ्चालन गर्ने जनाएको छ । नगरको कृषि र फोहर व्यवस्थापन योजनाबाट हाल पाँच वटा वडाका स्थानीयलाई तालिम दिँदै अनुदानमा कम्पोष्ट मल बनाउने विनसमेत वितरण गरेको छ । नगरले ५, ७, ८ ९, १० नं वडामा ५० प्रतिशत अनुदानमा कम्पोस्ट विन वितरण गरेको हो ।

यपमेयर विमला सापकोटाले यस कार्यक्रमले फोहर व्यवस्थापन र कृषिलाई समेटेको बताइन् । उनले भनिन्, “घरबाट निस्कने जैविक फोहर घरमै व्यवस्थापन गर्दै तरकारी उत्पादनका लागि नगरले कौसीखेती कार्यक्रम सञ्चालन गरेको हो”, वडा नं ५ का वडाध्यक्ष बलराम अधिकारीले सिकेको सीप र कम्पोष्ट विनको सदुपयोग गर्न आग्रह गर्दै घरमै तरकारी उब्जाउन र फोहर व्यवस्थापनमा सघाउन अनुरोध गरे ।

नगरले कौसी खेती प्रवद्र्धनका लागि वडा नं ७ मा एक सय ५०, ८ मा एक सय ७५, ९ मा ७५, १० मा २५ १३ मा २५ र वडा नं ५ मा ५० वटा कम्पोष्ट विन वितरण गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ३ : ३७ बजे