१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लेलेमा प्राकृतिक कृषि खेती तालिम



तालिमपछि सहभागीहरुलाई प्राकृतिक तरकारी खेतको लागी आवश्यक सामाग्री हजारी, स्प्रेयर, बुट, पन्जा, करैती, बाल्टिन र क्रेट सहयोग उपलब्ध गरिएको थियो ।

१८ चैत्र । ललितपुरको लेलेमा गतबुधबारदेखि शुक्रबारसम्म ३ दिने प्राकृतिक कृषि प्रणलीको दिइएको छ ।

ललितपुरको बडिखेल, शिर्खपा, देविचौर र ३० वटा कृषक समुहका ३० जना अगुवा कृषकलाई सो तालिम दिइएको हो ।

लेले सामुदायिक विकास केन्द्रद्धारा प्राकृतिक कृषी प्रणाली परियोजना र गुड नेर्वस इन्टरनेशनल नेपाल को आर्थिक तथा प्राविधीक सहयोगमा तालिम दिइएको हो ।

तालिममा तरकारी खेती गर्दा कम खनजोत विधिमार्फत तरकारी खेती गर्ने प्रकृया, छापो प्रयोगका फाइदा, माटोलाई आवश्यका पर्ने रैथाने शुष्मजीवको तयारी, जैविक विषादी निर्माण र स्थानिय स्रोतको प्रयोगबाट क्यालसियम, फेसफोरस, नाइट्रोजन बनाउने विधीबारे जानकारी दिइएको थियो ।

 

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  १ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।