३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


इको प्यानलद्वारा मजदुरको निःशल्क स्वास्थ्य परीक्षण



कर्मचारी तथा मजदुरहरुको प्रेसर, सुगरलगायतको जनरल स्वास्थ्य परीक्षण गराएको हो ।

१८ चैत्र । पेशागत स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै भक्तपुरको एउटा निजी कम्पनीले आफना कर्मचारी तथा मजदुरहरुको स्वास्थ्य परीक्षण गरेको छ ।
इको प्यानल नेपाल प्रालिले भक्तपुरको चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको कारखानामै चिकित्सकलाई बोलाएर कर्मचारी तथा मजदुरहरुको निःशल्क स्वास्थ्य परीक्षण गराएको हो ।
कर्मचारी तथा मजदुरहरुको प्रेसर, सुगरलगायतको जनरल स्वास्थ्य परीक्षण गराएको हो । ख्वप अस्पताल च्याम्हासिंहका डा निर्जना वजिक्वले उनीहरुलाई सेवा दिएकी थिइन् । पेशागत स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आफना कर्मचारी तथा मजदुरहरुलाई निःशुल्क स्वास्थ्य उपलव्ध गराएको सम्भबत यो भक्तपुरमै पहिलो निजी कम्पनी हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले कर्मचारी स्वस्थ्य भए मात्रै कम्पनी राम्रो हुने भन्दै सामाजिक उतरदायित्व अन्तर्गत कर्मचारी तथा मजदुरहरुको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको सुनाए । यो कामलाई निरन्तरता दिने योजना रहेको पनि उनले सुनाए । साथै सम्भब भएसम् भोलिका दिनमा निःशुल्क औषधि वितरण गर्ने योजना रहेको पनि उनले सुनाए ।
स्टाफ हेल्थ चेक अप क्याम्प (कर्मचारी स्वास्थ्य जाँंच क्याम्प) नाम दिइएको यो क्याम्पमा कर्मचारी तथा मजदुर गरी तीन दर्जनले स्वास्थ्य सेवा पाएका थिए । क्याम्पमा कम्पनीका सिइओ इन्जिनियर दुवालसहित कम्पनीमा कार्यरत महिला तथा पुरुष कर्मचारी तथा मजदुरहरुले सेवा पाएका थिए । कम्पनीको झोखेलस्थित कारखाना र भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा रहेको कर्र्पोेरेट कार्यालयमा कार्यरत कर्मचारीहरुले पनि सेवा पाएका थिए ।
इको प्यानल नेपाल प्रालिले झौखेलको कारखानाबाट इको प्यानल उत्पादन गर्दै आएको छ । स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री नै इको प्यानल हो । यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुन्छ । कारखानामै पहिला नै तयार पारी निर्माणस्थलमा जोडे मात्रै पुग्ने भएकोले यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुने हो । पछिल्लो पटक इको प्यानल नेपालले आफनो भगिनी कारखानाको रुपमा झौखेलमै यूपीभीसी झ्यालढोकाहरुको उत्पादन पनि थालेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ७ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।