२३ चैत्र । ललितपुरको लगनखेल प्रयोग पोखरीमा भिषण आगलागी हुँदा एक करोड बराबरको सरसामान जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका ६ प्रयागपोखरीस्थित झापा घर भइ महालक्ष्मी नगरपालिका ४ ईमाडोल बस्ने २६ वर्षीय गंगा श्रेष्ठको हिमालयन कंचन जंगा ट्रेडर्स एण्ड एक्पोर्ट होलसेल रिटेल्स लेडिज एण्ड जेन्स फेसन वेयर फेन्सी पसलमा मंगलबार राति आगलागी भएको थियो ।
आगलागीपछि पसलमा रहेको विभिन्न फर्निचरको सामाग्री र कपडा पूर्णरुपमा जलेर नष्ट भएको हो ।
आगलागी स्थानीय र दलकमको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।
२३ चैत्र २०७९, बिहिबार
168
Shares
प्रतिक्रिया