ललितखबर
४ बैशाख । गत फागुन १८ गते चापागाँउ बजारमै रहेका एक स्तुपाबाट झण्डै चार सय बर्ष पुरानो मूर्ति चोरी भयो । यही स्तुपाबाट १० दिनपछि फेरि २ वटा बुद्धको मूर्ति चोरी भए ।
प्रहरीले खोजी सुरु ग¥यो । अपराध महाशाखाले अनुसन्धान टोली खटायो । वरपर सिसिभिटी भेटिएन । नजिकै रहेको एउटा सुन पसलको सिसिटिभिमा अपराधीले मूर्ति बोकेको फुटेज त फेला प¥यो तर मधुरो अनि धमिलो ।
महानगरिय प्रहरी बृत्त चापागाँउका कृष्णकुमार चन्द दुर्घटनाको बेला नगरभित्रको सिसिटिभि फुटेज हेर्दा यस्तै मधुरो भेटिने बताउछन् । उनले भन्छन्, ‘सिसिटिभिको रेजुलेशन एकदमै कम छ । केही चित्र नै बुझिदैन ।’
स्प्रष्ट देखिने सिसिटिभि नभेट्दा अनुसन्धान नै प्रभावित हुने अवस्था आएको प्रहरीले बेला बेलामा महसुस गर्ने गर्छ । धुलाम्मे यहाँका सडकको धुलोले सिसिटिभि क्यामेरामा टाँसिदा लेन्स छोपिएर सेतो छ । खिचोस् पनि कसरी ? क्यामेरा सफा गर्ने जाँगर न नगरपालिकाको वडा कार्यालयको छ । न त गोदावरी नगरपालिकालाई नै । नगरपालिकालाई पोलमा सिसिटिभि टाँसेर पत्रिकामा समाचार छपाएपछि काम सकियो झैं भएको छ ।
यी सिसिटिभी क्यामेराको फुटेज अनुसन्धानका लागि आवश्यक पर्दा प्रहरीले हेर्न समेत पाउदैन । केही समयअघि बज्रवाराहीमा भएको एक दुर्घटनाको सिसिटिभि फुटेज बज्रवाराही उच्च माध्यामिक विद्यालयमा रहेको चाल पाएपछि प्रहरी विद्यालयमा गएर अनुनय विनय गर्न पुग्यो । तर विद्यालयका प्रधानाध्यापक रामेश्वर महर्जनले विद्यालयमा काम छ भन्दै लामो समयसम्म कुराएपछि अपमान भएको सम्झेर प्रहरी फर्केको घटना डिएसपि चन्द सुनाउछन् ।
डिएसपि चन्द नगरपालिकाको सिसिटिभिको फुटेजको सबैखाले पहुँच प्रहरी कार्यालयमा हुनु पर्ने बताउछन् । उनी भन्छन्, ‘हामीले हेर्ने सुरक्षाको पाटो हो । सार्वजनिक स्थलमा भएको घटना र दुर्घटनाको चासो हामीलाई हुन्छ । हामीलाई उद्धार र अनुसन्धानमा सधाउ पनि पुग्छ । सुरक्षा पनि गर्छौ ।’
डिएसपि चन्दले ललितपुर महानगरको वडा २६ र २७ सुनाकोठीको सिसिटिभिको जिम्मा लिने सन्दर्भमा कुराकानी भइरहेको ललितखबरसँग बताए ।
दक्षिण तथा मध्य ललितपुरको सदरमुकामको रुपमा परिचित चापागाँउ बजारमा सडक बत्तीको अवस्था समेत राम्रो छैन । ठाँउ ठाँउमा सडक बत्ती राखिएको भए पनि मधुरो छ ।
मधुरो बत्तीका कारण रातको समयमा खिचिएको सिसिटिभी फुटेज झन् नबुझिने उनको तर्क छ । भन्छन्, ‘नाइटभिजन सिसिटिभि भए मात्र काम गर्छ । नत्र काम छैन ।’
चापागाँउका रमेश देसार पनि सडक बत्तीका कारण हिडडुल गर्न रातको बेला अप्ठ्रो पर्ने बताउछन् । भन्छन्, ‘मध्यबजारमा नै यस्तो छ । गल्तीमा सधै सुरक्षा खतरा छ ।’ रातको समयमा चोरीकोे र हिडडुल गर्दा सामुदायिक कुकुरले टोक्ने खतरा रहेको उनको भनाई छ ।
मूर्ति चोरीपछि स्थानीय आन्दोलित
मध्यबजारका रहेको स्तुपाबाट श्रृखलाबद्ध रुपमा मूर्ति चोरीपछि स्थानीयहरु आक्रोसित छन् । करिव ३ सय मिटरमा रहेको प्रहरी बृत्त र ५० मिटरनजिकै रहेको प्रहरी ड्युटीले काम नगरेको भन्दै स्थानीय आक्रोसित भएका हुन् । स्थानीय प्रशासन नगरपालिकाले समेत मूर्ति चोरीको घटनालाई सामान्य रुपमा लिएको कारण घटना दोहोरिएको उनीहरुको बुझाई छ ।
मूर्ति चोरीपछि केहदिन चापागाँउ बजारका युवाहरु दिनभर मन्दिर वरपर बसे । संस्कृती र सम्पदा संरक्षणमा जुटेका अभियन्तासँग सुरक्षा चासो र गुनासो पोख्दै बसेका युवाहरु एक महिनाभन्दा धेरै समय वितेपछि पनि मूर्ति नभेटिएपछि थप चिन्तित छन् । उनीहरुले केही दिन अघि प्रहरी र नगरपालिकाले मूर्ति खोज्न पहल नगरेको भन्दै सडक नै बन्द गरेर आक्रोस पोखे ।
स्तुपाको सुरक्षा २४सै घण्टा
घटना दोहोरिएपछि स्तुपामै प्रहरीको ड्युटी राखिएको डिएसपि चन्द बताउछन् । उनी भन्छन्, ‘चापागाँउको सडक वरपर नै दर्जनौं मल्लकालीन ऐतिहासिक मूर्तिहरु रहेछन् । यसको सुरक्षा व्ष्वस्था समुदायले पुजारी र पालोपालो गार्ड राखेर गर्न सके राम्रो हुन्थ्यो ।’ गोदावरी नगरपालिकाले भर्खरै नगरप्रहरी भर्ना गरेर फिल्डमा खटाएको छ । तर चापागाँउ बजारमा रातमा नगरप्रहरी देखिएको छैन ।
बजारमा नौ सय बर्ष पुरानो सम्पदा भनेर प्रचार गर्दा सुरक्षा जटिलता बढ्ने प्रहरी श्रोत बताउछ । चापागाँउ बजारमा भर्खरै एक सम्पदा पुर्ननिर्माणको क्रममा यस्तो सूचना राखिएको छ ।
चापागाँउ प्रहरी प्रमुख चन्द दक्षिण ललितपुरको सबै सुरक्षा मातहत सम्हाल्न सुरक्षा फोर्सको कमी महसुस भएको बताउछन् । दक्षिण ललितपुरको वागमती महाँकाल र कोञ्ज्योसोमको सुरक्षा चापागाँउ बृत्तकै जिम्मा छ । बृत्तले गोदावरी र ललितपुर महानगरको केही क्षेत्रको समेत सुरक्षा व्यवस्थाको जिल्ला लिने गरेको छ । तर प्रहरी दरवन्दी करिव ६ दर्जन मात्रै छ ।
प्रतिक्रिया