३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मुसहर टोलमा आगलागी, आठ घर जलेर नष्ट, परिवार विस्थापित



हरेराम सदाका चार, शिवनारायण सदाका पाँच, जगदीश सदाका छ, दिनेश सदाका तीन, सुनिता सदाका तीन, चन्द्रदेव सदाका तीन, बेचन सदाका छ र सुरज सदा चार सदस्यीय परिवार आगलागीबाट विस्थापित भएका छन्

 

५ बैशाख । कोशी गाउँपालिका हरिपुर ७ वडास्थित मुसहरटोलमा भएको आगलागीबाट आठ घर जलेर नष्ट भएका छन् भने परिवार विस्थापित भएको छ ।

आज दिउँसो भएको आगलागीबाट स्थानीयवासीको लत्ताकपडा, भाँडाकुँडा र भएका अन्न जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घर जलेर नष्ट भएपछि आठ घरका ३४ परिवार विस्थापित भएको नेकपा (एमाले) कोशी गाउँ कमिटीका अध्यक्ष रामखेलन साहले जानकारी दिएका छन् ।

उनका अनुसार हरेराम सदाका चार, शिवनारायण सदाका पाँच, जगदीश सदाका छ, दिनेश सदाका तीन, सुनिता सदाका तीन, चन्द्रदेव सदाका तीन, बेचन सदाका छ र सुरज सदा चार सदस्यीय परिवार आगलागीबाट विस्थापित भएका छन् ।
उनीहरूलाई आजको रात काट्न त्रिपाल र भुजा चिउराको व्यवस्था गरिएको अध्यक्ष साहले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  १२ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।