२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कर्मनासा खोला सरसफाई जुट्दै सरोकारवाला (तस्विरहरु)



 

ललितखबर
९ बैशाख । ललितपुरको कर्मनासा खोला सरसफाईमा शनिबार अभियन्ता जुटेका छन् ।


ललितपुर महानगरको २८, २९, २३ र २४ बडा बहाव क्षेत्रमा पर्ने धापाखेल र हरिसिद्धि क्षेत्र भएर बग्ने कर्मनासा खोला सरसफाई गरिएको हो ।


सरसफाई अभियानमा डिभिजन वन कार्यालयका प्रमुख रामकुमार भण्डारी, गोदावरी खोला सरसफाई अभियानकी संयोजक बेबी राजभण्डारी वडाध्यक्षहरु जीवन महर्जन र विरेन्द्र महर्जन सहभागी भएर खोलामै पसेर सरसफाई गरेका छन् ।


सरसफाईमा नेपाल प्रहरी वनरक्षक र कर्मचारी, हरिसिद्धि र धापाखेल क्षेत्रका नागरिक र जनप्रतिनिधिहरुको उल्येख्य सहभागिता थियो ।


यस क्षेत्रमा ढल धेरै ठाँउमा ढल नमिसाइएको हुँदा पानी सफा नै छ । तर खोला वरपर फोहोर भने यत्रयत्र देखिन्थ्यो ।


डिभिजन वन कार्यालय ललितपुर र महानगरपालिकाद्वारा निर्माण गरिएको नदि सफा राख्न अनुरोध सहितको सचेतनासम्बन्धि होर्डिङ बोर्ड समेत यस क्षेत्रमा राखिएको थियो ।


संकलित फोहोर सिर्जनसिप प्रालिले व्यवस्थापन गरेको छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ८ : ०१ बजे