३ असार २०८१, आइतबार | Sun Jun 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका निशा देशारको कालेश्वर भजन सार्वजनिक



 

११ बैशाख । गायिका निशा देशारद्वारा स्वरबद्ध दक्षिण ललितपुरको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल कालेश्वर महादेवमाथि बनेको पहिलो भिडियो कालेश्वर महादेव भजन सार्वजनिक भएको छ ।

चरसुन्दर महर्जनको परिकल्पनामा र नवराज सञ्जेललको रचना र निर्देशन रहेको यस गीतको कृष्ण दाहालको संगीत भरेका छन् ।

दक्षिण ललितपुरको महाकाल गोटिखेलमा रहेको कालेश्वर चापागाँउ प्याङ्गगाउँबासीको कुलदेवता हुन् ।

परापुर्वकालमा काल पुरुषले तपस्या गरेको ठाँउका चर्चित धार्मिक पर्यटकीय स्थल कालेश्वरको शक्ति संगीत अक्षय तृतीयाको शुभ साइत पारेर सार्वजनिक आयोजकको भनाई छ ।

सार्वजनिक कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य मधूसुदन पौडेल र मीनकृष्ण महर्जनलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १ : ४० बजे