२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको ठाँटी भञ्ज्याङमा हाइलेक्स गाडी दुर्घटना



विवाहपछि दुलन फर्काउन जाने क्रममा गिम्दीको ठाँटी भञ्ज्याङ हुँदै गन्तव्यतर्फ गइरहेको हाइलेक्स गाडीले २६ बर्षिय राजकुमार बरामलाई ठक्कर दिएको

ललितखबर
१७ बैशाख । दक्षिण ललितपुरको गिम्दीको ठाँटी भञ्ज्याङमा तरकारी बोक्ने गाडीले बटुवालाई ठक्कर दिदा एक युवक गम्भिर घाइते भएका छन् ।

विवाहपछि दुलन फर्काउन जाने क्रममा दक्षिण ललितपुरको वागमती गाँउपालिका ७ गिम्दीको ठाँटी भञ्ज्याङ हुँदै गन्तव्यतर्फ गइरहेको हाइलेक्स गाडीले २६ बर्षिय राजकुमार बरामलाई ठक्कर दिएको गिम्दी प्रहरी चौकीले ललितखबरलाई जानकारी दिएको छ ।

प्रहरी चौकीका अनुसार दक्षिण ललितपुर महाकाल ५ बतासे बस्ने नर्बु गोलेले चलाएको हाइलेक्स वागमती प्रदेशको एसी ९५५१ नम्बरको गाडीले ठक्कर दिएको हो । घाइते गोलेको अवस्था गम्भिर छ । उनको टाउकोमा ठक्कर लागेको छ भने कानमा घाउ रहेको छ ।
चालकले बटुवा नदेख्दा ठक्कर लाग्न पुगेको चालकलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

आवश्यक अनुसन्धानका लागि गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।

घाइतेलाई उपचारका लागि एम्बुलेन्समा राजधानीतर्फ पठाइएको प्रहरीले बताएको छ ।

 

 

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ४ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।