२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एक महिनामा चट्याङबाट पाँचको मृत्यु, ४३ जना घाइते   



काठमाडौँ, २ जेठ  । पछिल्लो एक महिनामा देशका विभिन्न स्थानमा चट्याङका थुप्रै घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको एक महिनाको अवधिमा चट्याङ लागेर पाँच जनाको मृत्यु भएको छ भने ४३ घाइते भएका छन् ।

प्राधिकरणका अनुसार गत वैशाख १ देखि जेठ १ सम्ममा चट्याङका ४४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार गए राति चट्याङ लागेर दैलेखमा एकै घरका चारजना घाइते भएका छन् । डुङेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विकलाई सुतिरहेकै बेला चट्याङ लागेको हो । घाइतेहरुको उपचार भइरहेको छ ।

देशका पहाडी जिल्लामा हुरीबतास र मेघगर्जनसहित चट्याङ पर्ने क्रम जारी रहेकाले सावधानी अपनाउन मौसमविद् गोविन्द झाले आग्रह गरे । उनका अनुसार आज बागमती, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा चट्याङ पर्ने सम्भावना छ । प्री–मनसुनमा चट्याङ पर्ने धेरै सम्भावना रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  १० : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।