१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरका सासंद रामकृष्ण चित्रकार वागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्री नियुक्त



 

७ जेठ । ललितपुरका सासंद रामकृष्ण चित्रकार वागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्री र विनाविभागीय मन्त्रीका रुपमा नियुक्त भएका छन् ।
ललितपुर २ ‘ख’ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार प्रदेशसभा सदस्यमा विजयी चित्रकारले गत मंसिर ५ गते भएको प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यलाई १६३ मतले पछि पार्दै विजयी भएका थिए ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मन्त्री नियुक्त गरेका हुन्
विस्तारित मन्त्री परिसद्मा उनी सहित नेकपा (एकीकृत समाजवादी) का डा राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायातमन्त्री नियुक्त भए । यस्तै नेपाली कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी, मसिना खड्काले वन तथा वातावरण, उत्तम जोशी नियुक्त भए ।

यसअघि नेकपा (माओवादी केन्द्र) का युवराज दुलालले भौतिक पूर्वाधार विकास, कुमारी मोक्तानले सामाजिक विकास र गङ्गानारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भइसकेका छन् । यस्तै कांग्रेसका बहादुर सिं लामा आर्थिक मामिला तथा योजना र तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री नियुक्त भएका थिए ।
मन्त्रीहरुको सपथ कार्यक्रम समेत भएको जनाइएको छ ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  २ : १३ बजे